उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रक्षेपण

सोल,

उत्तर कोरियाले फेरि कम्तिमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उसले प्रक्षेपण गरेको क्षेप्यास्त्रको प्रकृति भने खुल्न सकेको छैन । उत्तर कोरियाले अमेरिकालाई वार्ताको लागि आह्वान गरेको केही घण्टामै मंगलबार यस्तो प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको हो ।

उत्तर कोरियाले आफ्नो राजधानी प्योङयाङ नजिकै दक्षिणी प्रान्तबाट प्रक्षेपण गरेको थियो । उत्तर कोरियाले गरेको क्षेप्यास्त्रको प्रकृति नखुले पनि समुद्रमा पुग्नु अघि ३३० किलोमिटर माथि उडेको बताइन्छ । अमेरिकाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
एजेन्सी