प्रधानमन्त्री देउवाप्रति ओलीको कटाक्षः प्रचण्डको संगतले बन्दुकको भाषा बोल्न थाले

प्रधानमन्त्री देउवाप्रति ओलीको कटाक्षः प्रचण्डको संगतले बन्दुकको भाषा बोल्न थाले


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा वार्तामार्फत फिर्ता ल्याउने बताएका छन् । 

केहीदिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाको ‘दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ ?’ भन्ने प्रश्नको जवाफ फर्काउँदै अध्यक्ष ओलीले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताएका हुन् । 

मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ । प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौं ।’ 

साथै उनले स्मरण गराए ‘मात्रिकाप्रसाद कोइरालाले चीनतर्फ राखेका भारतीय सेनाका १७ वटा चेक पोस्ट वार्ता गरेर हटाएकै हो । हामीले हाम्रो भूमि फिर्ता ल्याउँछौँ भन्दा कोही छिमेकी रिसाउँछन् भन्ने तनाव किन लिनु ?’

अध्यक्ष ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने पनि दाबी गरेका छन् । कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गर्दै उनले भने ‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ । तर नेकपा एमालेले अत्याधिक बहुमत ल्याउँछ ।’ 

Skip This
Logo