कृष्ण र अनुको ‘रानी माया’लाई मन्त्री श्रेष्ठ र अभिनेता हमालले गरे सार्वजनिक

कृष्ण र अनुको ‘रानी माया’लाई मन्त्री श्रेष्ठ र अभिनेता हमालले गरे सार्वजनिक


ढाका टोपी फिल्मसको प्रस्तुतिमा नयाँ गीत "रानी माया" सार्वजनिक भएको छ । 

जिबी आग्रीको निर्देशनमा रहेको गीत रानी माया सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै पर्यटन मन्त्री जिबनराम श्रेष्ठ र महानायक राजेश हमालको उपस्थितिमा सार्बजनिक  गरिएको हो । श्रीकृष्ण बम मल्लको शब्द रहेको यस गीतमा कृष्ण बिक "भान्जा"ले संगीत भरेका छन् । साथै स्वरमा कृष्ण बिकलाई समिक्षा अधिकारीले साथ दिएकी छन् । 

११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय रहेको छ।  गीतको छायांकन संजय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । 

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । ‘गीतसंगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ । यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ । हामी पनि यस्ता गीतसंगीत प्रति सकारात्मक छौँ,’ उनले भने, ‘चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस् भनेर नै यहाँ आएको हुँ । आउँदो दिनमा मन्त्रालयले समेत सहकार्य गर्नेछ ।’

अभिनेता हमालले भिडियो आकर्षक बनेको प्रतिक्रिया दिँदै तारिफ गरे । ‘गीतको भिडियो निर्माणमा गरिएको मेहनत देखिन्छ । विना सम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारहरूको लागि झनै राम्रो हो । उहाँहरूसँग मैले काम गरिसकेको छु । यसले पनि दर्शकको माया पाउनेमा विश्वत छु,’ उनले भने । 

Avatar

गायक कृष्णले गीतसंगीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताए । ‘यो मेरो दोस्रो प्रयास हो । अडियो र भिडियोलाई बलियो बनाउने कोसिस गरेको छु । गायनसँगै अभिनय गर्दा रमाइलो भयो,’ उनले भने । गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् ।

Logo