आज थप १५ जनामा कोरोना सङ्क्रमण, डेंगुबाट ज्यान गुमाउने ५५ पुगे

आज थप १५ जनामा कोरोना सङ्क्रमण, डेंगुबाट ज्यान गुमाउने ५५ पुगे


नेपालमा आज थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ । 

साथै नेपालमा डेंगु संकमणबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । आज थप एक जनाको मृत्यु भएको हो । हालसम्म देशभर ४२ हजार ३०७ जनामा डेंगुको संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ । 

Logo