कांग्रेसका उम्मेदवार प्रदीप पौडलको १७ बुँदे प्रतिबद्धता सार्वजनिक

कांग्रेसका उम्मेदवार प्रदीप पौडलको १७ बुँदे प्रतिबद्धता सार्वजनिक


काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

प्रतिबद्धता पत्रमा पौडेलले सर्वसुलभ गुणस्तरीय शिक्षा, सीपमूलक व्यावहारिक ज्ञान : प्रशिक्षित शिक्षक, चुस्त व्यवस्थापन,  सबैका लागि व्यवस्थित सार्वजनिक पार्क : व्यवस्थित पार्किङ, खुला र सुरक्षित सडक, सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा : सवल स्वास्थ्य प्रणाली, सबैको स्वाथ्य बिमा, कला–संस्कृतिको संरक्षण तथा सवद्र्घन र पर्यटन, ढुङ्गेधारा, मुहान र पोखरीको संरक्षण : सबै घरधुरीमा स्वच्छ खानेपानी वितरण, रोजगारी र उत्पादनशीलतासहितको सिर्जनशील उद्यमशीलता, सामाजिक न्याय र सार्वजनिक सेवा, बालबालिका र ज्येष्ठ नागरिक सवालमा,  युवा तथा खेलकुद/ खेलमैदान र पार्क, महिला सशक्तिकरण, पर्यावरण र दिगो विकास, जनसहभागिताको सुनिश्चिततालगायतलाई जोड दिएका छन् । 

Logo