#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21382332763999645216214166171
नेपाल2555199837517077

आइतबारबाट मलेसियाको रोजगारी खुल्ने, के-के भयो सहमति ?

काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आइतबारबाट खुल्ने भएको छ । नेपाल र मलेसियाका अधिकारीहरुबीच बिहीबार भएको सहमतिअनुसार आइतबारबाट मलेसियाको रोजगारी खुल्ने भएको हो ।

नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनले ट्वीटरमा ट्वीट गर्दै सोबारे जानकारी गराएका हुन् ।

नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठकपछि उक्त सहमति भएको हो । अब मलेसिया र नेपालबीच भएको श्रम समझदारीको औपचारिक कार्यान्वयन हुनेछ । बैठकमा मलेसियाले तत्काल ३६ वटा स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने र विस्तारै नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका १ सय २२ वटा स्वास्थ्य संस्थालाई पनि क्रमबद्ध थप्दै लैजाने निर्णय भएको छ ।

मलेसिया जाने नेपाली आर्थिक भारमा परेको भन्दै सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु खारेज गर्दै मलेसिया जान रोक लगाएको थियो। मलेसिया र नेपाल सरकारबीच गत कात्तिकमा नयाँ श्रम सम्झौता भएको थियो। मलेसिया जाने नेपाली कामदारले सोही श्रम सम्झौताअनुसारको सेवा सुविधा पाउने छन्।

मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्वन्धित रोजगारदाताले नै ब्यहोर्नुपर्नेछ। विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी अब नलाग्ने व्यवस्था गरिएको छ। त्यस्तै यसअघि करार अवधि ३ वर्षको रहँदै आएकोमा त्यसलाई २ वर्षको बनाइएको छ ।

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलव, भत्ता एवं सुविधा पाउने सुनिश्चितता गर्नुका साथै अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक तथा सेवा सुविधा पाउने व्यवस्था पनि श्रम सम्झौतामा गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय अनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो। रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए। त्यसयता नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान रोक लगाइएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार