एनआईसी एशिया क्यापिटलको ‘डिभिडेन्ट रि-इन्भेष्टमेन्ट प्लान’ कात्तिक ३० गतेसम्म

एनआईसी एशिया क्यापिटलको ‘डिभिडेन्ट रि-इन्भेष्टमेन्ट प्लान’ कात्तिक ३० गतेसम्म


एनआईसी एशिया क्यापिटलले खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि ‘डिभिडेन्ट रिइन्भेष्टमेन्ट प्लान’ संचालन गरिरहेको छ । 

उक्त योजनामा सहभागि हुनको लागि क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://bit.ly/3Ef0Kvw मा क्लिक गरि विवरण भर्न सकिने छ । उक्त प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । 

यस योजनामा कात्तिक गतेसम्म आवेदन दिने इकाईधनीहरु मात्रै सहभागी हुन सक्नेछन् ।

सो अवधिमा यस योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने गरी वितरण गरिने जनाइएको छ । 

साथै क्यापिटलले म्युचुअल फण्डअन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” ले इकाईधनीहरुलाई आ.व. २०७८/०७९ मा ६ प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको र उक्त प्रतिफल वितरण गर्नको लागि इकाईधनी दर्ता किताव बन्द गरिसकेको जनाएको छ । 

Logo