फिल्म ‘कान्तारा’का कुन कलाकारले कति पारिश्रमिक लिए ?

फिल्म ‘कान्तारा’का कुन कलाकारले कति पारिश्रमिक लिए ?


दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जताततै छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ ।

फिल्मको प्रमुख भूमिकामा अभिनय गरेका ऋषभ शेट्टीले फिल्मको लेखनसँगै निर्देशन गरेका हुन् । यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने अहिले आम चासो छ ।

ऋषभ शेट्टी

फिल्ममा ऋषभले शिवा पात्रको भूमिकामा अभिनय गरेका छन् । उनले यो फिल्मका लागि ४ करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् ।

सप्तमी गौडा

सप्तमीले फिल्ममा ऋषभको प्रेमिका लीलाको भूमिका निर्वाह गरेकी छन् । उनले फिल्मका लागि १ करोड २५ लाख पारिश्रमिक लिएकी छन् ।

अच्युत कुमार

फिलममा अच्युतले देवेन्दको भूमिका निभाएका छन् । उनी फिल्मका भिलेन हुन् । कैयौं फिल्ममा अभिनय गरेका अच्युतले ७५ लाख रुपैंयाँ पारिश्रमिक बुझेका छन् ।

किशोर

दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता किशोरले फिल्ममा इन्स्पेक्टर मुरलीधरको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अभिनयका लागि उनले १ करोड पारिश्रमिक लिएका छन् ।

प्रमोद शेट्टी

प्रमोदले फिल्ममा सुधाकाराको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा काम गर्नका लागि उनले ६० लाख रुपैंयाँ बुझेका छन् ।

दीपक राय पानाजे

फिल्ममा दीपकले सुन्दराको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिका निकै दिलचस्प छ । फिल्मका लागि उनले ४० लाख रुपैंयाँ पारिश्रमिक लिएका छन् ।

नवीन डी पडिल

नवीन साउथमा कमेडी भूमिकाका लागि चिनिन्छन् । उनले फिल्ममा वकिलको भूमिका निर्वाह गरेका छन् । उनले यो भूमिकाका लागि २५ लाख रुपैंयाँ पारिश्रमिक बुझेका छन् ।

Skip This
Logo