पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या


प्रहरीले हत्याको आरोपमा भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई पक्राउ गरेको छ । उनले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने रघुनाथले सामान्य विवाद हुँदा पानी खानो करुवाले टाउकोमा प्रहार गर्दा सपनाको मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo