वसन्तपुर डबलीमा आज राप्रपाको चुनावी सभा

वसन्तपुर डबलीमा आज राप्रपाको चुनावी सभा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ । 

दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ । सभामा अभिनेतृ मनिषा कोइरालाले समेत सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

कोइरालाले उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको चुनावी अभियानमा सक्रिय हुन घर फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी थिइन् । मंसिर ४ हुन लागेको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ १३ र प्रदेश सभाका लागि ३० उम्मेदवार उठाएको छ ।

Skip This
Logo