मध्यरातमा एलओडी पुगेर ओलीको र्‍याप

मध्यरातमा एलओडी पुगेर ओलीको र्‍याप


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा ओलीले फोटो सार्वजनिक गर्दै एलओडीमा युवाहरुलाई मन पर्ने र्‍याप गीत सार्वजनिक गरेको उल्लेख गरेका छन् । चुनाव नजिकिँदै गर्दा उनी नेकपा एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् । केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो । 

सहर सहरमा ओलीु नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ । 

Logo