परमिता आरएल रानाले तेलेगु फिल्म खेल्दै

नायिका परमिता आरएल रानाले तेलेगु चलचित्रमा खेल्ने भएकी छिन ।

‘चपली हाइट २’मा बोल्ड सिन दिएर नेपाली फिल्ममा डेब्यू गरेकी बोल्ड एण्ड व्यूटिफूल एक्टर्स परमिताले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी हुन् । यससंगै उनी तेलेगु चलचित्रमा अभिनय गर्ने पहिलो नायिका हुने छिन् ।

टलिउड सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने चलचित्रमा परमिता शिर्ष भूमिकामा रहने छिन् । उनको पहिलो तेलेगु फिल्मको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको उक्त चलचित्रलाई बिनु सुब्रह्मण्यमले निर्देशन गर्नेछन भने विभिएसएन प्रसादको निर्माण रहनेछ । पहिलो तेलेगु फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री परमिताको फेसबुक र ईन्स्टाग्रामको स्टाटसहरुबाट बुझ्न सकिन्छ ।

सन् २०२० को जूनबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ । एक्सन-थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा मणि शर्माले संगीत भर्नेछन् ।

नेपाली चलचित्र जगतमा आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत परमिताको नयाँ फिल्म ‘द कर्मा’ प्रदर्शनको पखाईमा छ । ‘चपली हाइट २’ पछि उनले केही नेपाली चलचित्रमा अभिनय गरिन् । तर, कुनैले पनि बक्स अफिसमा गतिलो व्यापार गर्न सकेन । चर्चाको हिसाबले हेर्ने हो भने पनि उनको अभिनयको भन्दा पनि उनको मुहार र शारीरिक बनावटको धेरै प्रशंसा हुने गर्दछ।