एनआरएनए आईसीसी युवा संयोजकमा कार्कीको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्य समिति अन्तर्गत आईसीसी युवा संयोजक पदमा सुदीप बहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् ।

एनआरएनएको विभिन्न कार्यसमितिमा बसेर सक्रिय रहेका कार्कीले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म नेपालमा हुने नवौं विश्व सम्मेलनमार्फत युवा संयोजक पदमा उम्मेद्वारी दिन लागेका हुन् ।

कार्की यस अघि एनआरएनए युएईमा सन् २०१३ देखि सन् २०१५ सम्म र उपाध्यक्षका रुपमा सन् २०१५ देखि सन् २०१७ सम्म अध्यक्षका रुपमा जिम्मेवारी निभाएका थिए। त्यस्तै कार्कीले २०१७ देखि २०१९ सम्मका लागि आइसीसी सदस्यका रुपमा भुमिका निर्वाह गरेका थिए ।

कार्कीले विश्वभर छरिएर रहेका नेपाली युवाहरुलाई समेट्नु र उनीहरुले भोगेका समस्यालाई हल गर्नु आफ्नो मुख्य उद्धेश्य रहेको बताए ।