#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व111786059203829667228990
नेपाल6051

कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसद अवरुद्ध गरेका छन् ।

बाँकेको घटनालाई लिएर कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि स्थगित गरेका थिए । बैठकको सुरुमै कांग्रेसले बोल्न चाहेपछि सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका प्रमुख सचेतक बाँलकृष्ण खाँडलाई बोल्न समय दिएका थिए । खाँडले बाँके घटनाका विषयमा गृहमन्त्रीले चित्त बुझ्दो जवाफ दिए संसद चल्न दिने नत्र अवरोध गर्ने जनाएपछि गृहमन्त्रीले उक्त घटनाका विषयमा सरकारको धारणा राखेका थिए।

‘घटनामा जो संलग्न भएका भए पनि कारबाही हुन्छ, खोजी जारी छ,’ गृहमन्त्री थापाले संसदमा भने, ‘यसलाई राजनीतिक रुपमा नलिन आग्रह गर्दछ।’

यही भदौ २४ गते बाँकेको खजुरा गाउँपालिका सीतापुरस्थित नेपाल रेडक्रस समाजको सभा हलमा कांग्रेसले जागरण अभियानको कार्यक्रम गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणमा कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिएको थियो। अन्य कार्यकर्ता घाईते भएका थिए।

संसदमा जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटना संलग्न २ जनालाई पक्राउ गरिसकिएको र अन्य दोषीको पनि खोजी भइरहेको जानकारी दिएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार