प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको एकीकृत कारोवार शुरु

कन्काई विकास बैंकलाई मर्ज गरेको प्राइम कमर्सियल बैंकले एकीकृत कारोवार शुरु गरेको छ । कार्यक्रममा विभिन्न  कन्काई विकास बैंकका अध्यक्ष सेवक दहाल, प्राइम बैंक मर्जर कमिटीका संयोजक गजेन्द्र बिष्ट, कन्काई विकास बैंकका मर्जर कमिटीका संयोजक वसन्त पौडेल, दुुवै बैंकका संचालकहरु, प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर, तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिलाई समेत आत्मसात गर्दै विभिन्न वित्तीय संस्थाहरुलाई मर्जर प्राप्ति गर्दै जाने रणनीति अवलम्वन गरे अनुरुप दुई बैंक एकापसमा गभिएको जनाएको छ ।

कार्यक्रममा प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले भने- ‘प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंक एकभई आज  एकीकृत कारोवार शुुरु गर्न सफल भएका छौं । देशको पूूर्वीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रवर्द्धन गरिएको यस विकास बैंकको पूूर्वीय जिल्लाहरुमा राम्रो शाखा संजाल सहित अत्यन्त बलियो उपस्थिति भएकोले यस प्राप्तिबाट भविष्यमा बैंकको व्यापार व्यवसायमा उत्साहजनक अभिबृद्वि हुुने मैले विश्वास लिएको छुु ।’

यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ९.६८ अर्ब पुगेको छ । त्यस्तै निक्षेप ८८.०३ अर्ब तथा कर्जा ८०.२८अर्ब पुगेको छ । प्राप्ति पश्चातका बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।