आइएसएमटी कलेजद्वारा “आइएसएमटी जब फेयर २०२२” आयोजना

आइएसएमटी कलेजद्वारा “आइएसएमटी जब फेयर २०२२” आयोजना


आइएसएमटी कलेजले “आइएसएमटी जब फेयर २०२२” आयोजना गरेको छ । ब्रिटिस एजुकेसन पढाउँदै आएको आइएसएमटीले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै पहिलोपटक जब फेयर आयोजना गरेको हो । 

कलेजमै जागिरको अवसर हुँदा बाहिरबाट ल्याउन भन्दापनि आफ्नै विद्यार्थीहरुलाई अवसर दिने उदेश्यले जब फेयर आयोजना गरिएको कलेजकी बिबिए प्रोग्राम हेड अनिस्मा आर्चायले जानकारी दिइन् ।  

यो जब फेयर बिजनेस र आइटी संकायतर्फका पासआउट भएका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाहरु कम दिई पाठ्यक्रमा मात्र आधारित रहेर पढाउँदा उनीहरुको भविष्य सुरक्षित नभएको भन्दै जब फेयर आयोजना गरिएको एकेडेमी कोर्डिनेटर गिरीष दाहालले बताए । 

जव फेयर आयोजनामा आइएसएमटीसँगै एफवान सप, लिफफ्रग, सेल्सबेरी, फुडमान्डु, सजिलो सेवालगायतका १२ कम्पनीहरु आवद्ध रहेका छन् । 

Skip This
Logo