सिरहाका ३ वटा क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो, एउटामा एमाले–जसपा गठबन्धन

सिरहाका ३ वटा क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो, एउटामा एमाले–जसपा गठबन्धन


सिरहाको चारवटै निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबनधन र एमाले जसपा गठबन्धनबीच प्रतिनिधसभा तथा प्रदेशसभामा कडा प्रतिस्पार्धा हुने देखिएको छ । 

स्थानीय तहमा प्राप्त मतलाई अधार मान्ने हो भन्ने तीनवटा क्षेत्रमा इतर गठबन्धनभन्दा वाम लोकतान्त्रिक गठबन्धनको मत बढीे छ भने एउटा क्षेत्रमा इतर गठबन्धनको मत बढी रहेको देखिन्छ । सिरहा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका काँग्रेसबाट उम्मेदवारी दिएका पदम नारायण चौधरीे र इतर गठबन्धनका रामशंकर यादव छन् । यस क्षेत्रमा स्थानीय तहको मतलाइ आधार मान्ने हो भन्ने कांग्रेस उम्मेदवार बलियो देखिन्छ ।

यस क्षेत्रभित्र पर्ने लहान नगरपालिका, सखुवान्नकारकट्टी, भगवानपुर, नवराजपुर गाँउपालिका र लक्ष्मीपुर पतारी गाउँ पालिको चारवटा र धनगढीमाइ नगरपालिकाको दुईवटा वडा रहेको छ । जसमध्ये तीनवटा नगरपालिकामा वाम लोकतान्त्रिक गठबन्धनको अत्यतिक मत रहेको छ । एमाले जसपाको गठबन्धनको दुईवटा पालिका जितेको छ । सिरहा क्षेत्र नम्बर २ मा पनि वाम लोकतान्त्रिक उम्मेदवार चित्रलेखा यादव र एमाले जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव बीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तहमा प्राप्त मतका आधार चित्रलेखा यादव नै बलियो उम्मेदवार  देखिन्छ। जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव पनि बलियो उम्मेदवारको रुपमा हेरिएको छ । उनी पनि यस क्षेत्रका मतदाता नभएकाले स्थानीय मतदाता विभाजित हुने संकेत देखिए पनि उनलाई टक्करका उम्मेदवारको रुपमा रहेको देखिन्छ । यादव नरहा गाउँपालिका ३, चोहर्वाका हुन् । 

यादव प्रायः चुनावैपिच्छे क्षेत्र तथा पार्टी फेर्ने उम्मेदवारको रुपमा चिनिन्छन् । जसका कारण मतदाताले उनलाई फेरि पनि शंकाको दृष्टिले हेर्ने गरेको छ । पहिलो संविधानसभा २०६४ मा सिरहा क्षेत्र नम्वर ६ बाट मधेशी जनअधिकार फोरमबाट विजयी भएका उनी दोस्रो सम्विधानसभा २०७० मा त्यही निर्वाचन क्षेत्रबाट गणतान्त्रिक फोरमबाट उम्मेदवार भएका थिए । यो पटक भने उनी पराजित भए । २०७४ मा सिरहा क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक फोरमबाट विजयी उनी अहिले २ नम्बरबाट जसपाको तर्फबाट उम्मेदवार भएका छन्। उनको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उनी  २ नम्बरमा गएका हुन्।

यहीँबाट लेखक तथा राजनीतिकर्मी  रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पनि यस क्षेत्रका मतदाता होइनन्। उनी सिरहा नगरपालिका–१९ सन्हैठाका मतदाता हुन् । सन्हैठा सिरहा क्षेत्र नम्वर ३ मा पर्छ । प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँदैनन् । उनी पनि सिरहा ४ नम्बर वडाका मतदाता हुन् । उनको घर पनि सिरहा क्षेत्र नम्बर ३ मा पर्छ ।

यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। उनीसहित साना पार्टी र स्वतन्त्र गरी २३ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन् । सिरहा क्षेत्र नम्बर ३ मा सत्ता गठन्धन र नेकपा एमाले, जसपा गठबन्धनको कडा प्रतिस्पधा हुने भएको छ । प्रतिनिधि सभामा वाम–लोकतान्त्रिक गठबबन्धनका तर्फबाट नेकपा माओवादीका स्थायी समिति सदस्य विश्वनाथ साह र नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
 
यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा अगाडि रहेकोले आफ्नो जित सुनिश्चित रहेको पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले बताउँदै आएका छन् । यता पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार साह नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रस र एकीकृत समाजवादीको मतान्तर धेरै नरहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टले आफ्नो जितलाई सुनिश्चित बनाएको बताउँछन् ।

नेकपा एमाले जसपा गठबन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि चुलिएकाले स्थानीय तहको मतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन् । एमाले–जसपा गठबन्धनले सिरहा ३ प्रदेश ‘ख’ उम्मेदवार सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि छ । यो गठवन्धनमा प्रतिनिधि र प्रदेशसभा दुवै उम्मेदवार सिरहा ३ प्रदेश ‘ख’ भन्दा बाहिरका रहेका छन् । 
 
सिरहाको निर्वाचन क्षेत्र नम्बर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ वडा र सिराहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ । गत स्थानीय तहलाई आधार मान्दा सत्ता गठवन्धनका वडा अध्यक्षहरुले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए। जसमध्येय नेकपा माओवादी केन्द्रले नौ हजार ५७१, कांग्रेसले १८ हजार १६, नेकपा एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७  प्राप्त गरेको थियो। 

एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खसेको थियो । जसमध्ये नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो । दुवै गठबन्धनको स्थानीयमा पाएको मतान्तर धेरै फराकिलो देखिन्न । वाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडि देखिन्छ । स्थानीय तहको मतको आधारमा श्रेष्ठ बलियो देखे पनि पार्टीभित्रको असन्तुष्टि, बागी उम्मेदवारी यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएकाले ‘एन्टी’ मत अर्को उम्मेदवारलाई पर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको अनुमान छ ।

दक्षिणी भेगबाट गत भदौ ३१ गते सिरहामा एमाले अध्यक्ष केपी ओली आएर एमाले प्रवेश गराएका गोपाल यादव र  सिरहाका नगरप्रमुख नवीनकुमार यादवका भाइ प्रवीण कुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठलाई चुनौती थपिएको छ । स्थानीय तहको मतपरिणामका आधारमा दुवै उम्मेदवार उत्तिकै बलियो भएकाले अहिले नै कुनै एक उम्मेदवारले जित्ने अड्कलबाजी गर्न हतार हुने देखिन्छ । यहाँ पनि स्वतन्त्र उम्मेदवारको प्रभाव उत्तिकै रहने देखिएको छ । 

२०७४ को निर्वाचनमा नेकपा एमाले–माओवादी गठबन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए । यस क्षेत्रमा सात पार्टीका र १४ स्वतन्त्रसहित २१ जना प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी परेको छ । सिरहा क्षेत्र नम्बर ४ मा पनि वाम–लोकतान्त्रिक गठबन्धनकै उम्मेदवारबीच कडा प्रतिस्पधा हुने देखिन्छ । यहाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धर्मनाथ साह र इतर गठबन्धनबाट जसपाका डा. वीरेन्द्र यादव उम्मेदवार छन् । क्षेत्रगत हिसावले उनीहरु कर्जन्हा नगरपालिका र सामुदायिक हिसावले पनि एउटै भएका उनीहरुकोबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

महतो व्यवसायिक घरानाका भएकाले र पार्टीले पत्याएका उम्मेदवार हुन् । यस क्षेत्रमा जसपा एमाले गठबन्धले पनि स्थानीय तहमा राम्रो मत ल्याएको छ । सत्ता गठबन्धनले पनि स्थानीय तहको निर्वाचनमा राम्रौ मत प्राप्त गरेको छ । स्थानीय तहको मत, परिचित अनुहार तथा पूर्वमन्त्रीसमेत रहेका साहको आफ्नै पार्टीका मत कमजोर छ । उनलाई गठबन्धनकै मतको बढी आश छ । 

महतोको आफ्नै दल र गठबन्धनको राम्रो मत हुँदाहुँदै पनि आफ्नै दलका नेतालाई लखेटेका आरोप लाग्ने गरेको छ । यसले उनको मत विभाजन हुने संकेत गरेको देखिन्छ । सिरहा क्षेत्र नम्बर ४ मा स्थानीय तहको वडाको मत नेकपा माओवादीले ११ हजार ६८६, नेपाली कांग्रेसले १२ हजार ८११ र एकीकृत समाजवादीले ३ हजार ६१५ गरी कुल २८ हजार १६२ मत प्राप्त गरेका थिए । 

त्यसैगरी अर्का गठवन्धनका नेकपा एमालेले १४ हजार ६७१ र जसपाले १२ हजार ८९४ मत गरी कुल २७ हजार ५६५ मत प्राप्त गरेका थिए । दुवै गठवन्धनको मतको आधारमा ५४७ मतले सत्ता गठवन्धन अगाडि देखिन्छ। तर, चारवटै क्षेत्रमा सिरहा क्षेत्र नम्वर १ बाहेक सबैमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। क्षेत्र नम्बर १ मा भने गठबन्धनको मतले सहज हुने विश्वास गरिएको छ ।
 

Logo