लामखुट्टेका फाइदा थाहा छ तपाईंलाई ?

वैज्ञानिकहरूले लामखुट्टेको टोकाइबाट बच्ने र यसबाट लाग्ने रोगहरूको बारेमा मात्र अनुसन्धान गरेका छैनन्, उनीहरूले यसको शरीर विज्ञान एवं शरीर बनावटको पनिखोजी गरेका छन् । यसबाट वैज्ञानिकहरू लामखुट्टेबाट पर्यावरण एवं जैविक जीवनचक्रमा ठूलो सहयोग हुने निष्कर्षमा पुगेका छन् । के के छन् त लामखुट्टेका फाइदा ?

स्वास्थ्य सम्बन्धी फाइदा
धेरैलाई लाग्छ कि हामीलाई लामखुट्टेले टोकेपछि उसको र्‍यालमा भएको एनेस्थेटिक रसायनले गर्दा हामीलाई निद्रा लाग्छ, तर यो कुरा सत्य होइन । वास्तवमा लामखुट्टेको रालमा रहेका रसायनका विभिन्न फाइदा पनि छन् ।

लामखुट्टेको र्‍यालमा भएको रसायनले हाम्रो रगतलाई थक्का बन्नबाट रोक्छ । यसको सहायताले छिटै एन्टी कलोटिङ्ग ड्रगहरू बन्दछ । र, यो ड्रगले हृदयाघात हुने सम्भावानालाई कम गर्छ । हाल वैज्ञानिकहरू लामखुट्टेलाई जीवित खोपमा परिणत गर्ने सम्भावानाका विषयमा अनुसन्धान गर्दै छन् ।

इन्जिनयरिङमा प्रेरणा
सुन्दा अचम्म लाग्न सक्छ तर लामखुट्टेले इन्जिनियरहरूलाई नयाँ आविष्कार गर्न प्रेरित गरेको छ । लामखुट्टेको आकार सानो भएपनि सिनेमा तथा अन्य दृश्य सामग्रीहरूमा यसलाई प्रस्ट ढङ्गले देखाइन्छ । यो सब आविष्कारकै कारणले हो ।

लामखुट्टेले फोहर हटाउँछ
लामखुट्टको लार्र्भाले शैवाल, परजीवीहरू, फंगस एवं अन्य सूक्ष्म जीवहरू खाइदिन्छ, जसले गर्दा फोहर व्यवस्थित हुन सहयोग पुग्छ ।

अन्य जीवको खाना
लामखुट्टेको लार्भा र अल्ग्रोन फार्मले विभिन्न जीवहरूको लागि खाना प्रदान गर्छ । गाइनेकिरा, माछा, चराहरू, चमेरो र अन्य विभिन्न खालका जीवहरू लामखुट्टेलाई खाएर नै बाँच्दछन् ।

परागसेचनमा भूमिका
लामखुट्टेले परागसेचनमा सहयोग गरेर बोटविरुवाहरूको वृद्धिमा पनि भूमिका खेल्दछ । विशेष गरी जलीय वा पानी नजिकरहेका साना खालका बोटविरुवाहरूको परागसेचनमा यसको ठूलो भूमिका हुन्छ । यी बोटहरूले पनिअन्य साना जीव तथा लामखुट्टेलाई आश्रय प्रदान गर्ने गर्छन् ।