प्रहरीको सुरक्षामा रहेका ज्ञानेन्द्र शाही रिहा

काठमाडौं । पत्रकार सम्मेलनमा हातपात भएपछि प्रहरी सुरक्षामा रहेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीमाथि हातपात भएपछि प्रहरीले सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

शनिवार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उक्त आरोपमा खण्डन गर्न उनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

विमानमा मन्त्रीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले प्रहरी हिरासतमा राखेर मुद्दा चलाउने हल्ला चलेको थियो । तर सोमबार बिहान छोडिएको र मुद्दा नचलाइएको ललितपुर प्रहरी परिषरले जनाएको छ ।

शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण विमान ढिला उडेको भन्दै शाहीले जहाज भित्रै मन्त्रीविरुद्ध दुर्व्यवहार गरेका थिए ।