युएईसँग नेपालको फराकिलो हार, समस्या ब्याटिङमै

युएईसँग नेपालको फराकिलो हार, समस्या ब्याटिङमै


नेपाल संयुक्त अरब ईमिरेट्स (युएई)सँग पराजित भएको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको पहिलो ओडिआईमा युएईसँग नेपालले ८४ रनको फराकिलो हार व्यहोरेको हो । 

युएईले जितका लागि दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपाल पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७९ रनमै समेटिएको हो । नेपालका लागि ओपनर अर्जुन साउद र मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे पनि हार टार्न भने सकेनन् । दीपेन्द्र ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । अर्जुनले ७९ बलमा ५ चौकासहित ५१ रन जोडे । उनले ओडिआईको डेब्यू खेलमै अर्धशतक बनाएका हुन् । उनी डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि नेपालको तेस्रो खेलाडी बने ।

नेपालका अन्य खेलाडी भने क्रिजमा जिम्मेवार रुपले टिक्न सकेनन् । ज्ञानेन्द्र मल्ल पहिलो बलमै डकआउट हुँदा नवनियुक्त कप्तान रोहितकुमार पौडेल एक रनमै पेभेलियन फर्किए । त्यस्तै, आशिफ शेख १२३ रनमा आउट हुँदा कुशल भूर्तेलले मात्रै ६ रन जोडे । गुल्सान झा १९ रनमा अविजित रहे । 

बलिङतर्फ युएईका १७ वर्षीय स्पिनर आयन अफ्जजले डेब्यू ओडिआईमा सानदार प्रदर्शन गर्दै गरे । उनले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिए । साथै बशिल हमिदले २ विकेट तथा जाहुर खान, रोहन मुस्ताफा र अहमद राजाले एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको थियाे । युएईका लागि अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाले अर्धशतक प्रहार गरे । उनले सर्वाधिक ५३ रन जोडे । मुस्तफाको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । 

May be an image of 2 people, people standing, people playing sports and outdoorsत्यस्तै, मोहम्मद वासिमले ४४ रन, वृत्य अरविन्दले ४० रन, अलिशान सारफूले २९ रन तथा आयान खानले २६ रन जोडे । 

बलिङतर्फ नेपालका लागि तीव्र गतिका बलर गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीको नाममा एकएक विकेट रह्यो । 

जितसँगै युएईले तीन खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । नेपालले अब दोस्रो खेल बुधबार तथा तेस्रो खेल शुक्रबार  खेल्ने छ ।

Logo