भारतसँगको सीमानाका ४ दिन बन्द हुने

भारतसँगको सीमानाका ४ दिन बन्द हुने


जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ ।

निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए । 

Logo