घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन् । 

सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताएका हुन् ।

उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए  । 

‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताहरुको नेकपा एमालेका उम्मेद्वाहरुप्रति सकारात्मक प्रतिक्रिया पाएका छौं । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा जे प्रतिवद्धताहरु जनाएको थिए । ती प्रतिवद्धताहरु अनुरुप सबै काम ग-यौं । काठमाडौं ५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गरेर जाने छौं ।’ उनले भने । 

काठमाडौं- ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन् । उनकाे घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी थिइन् । 

Logo