एनआरएनए जापान पूर्व महासचिव घिमिरेद्वारा आइसीसी सचिवमा उम्मेदवारी

जापान । गैर आवासीय नेपाली संघ जापानका निवर्तमान महासचिव बुद्धिराज घिमिरेले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी कार्यकालको लागि हुने आइसीसी महाधिवेशनमा घिमिरेले सचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

नेपालमा ३ वर्ष प्रशासनिक फाँटको अनुभव बटुलेका घिमिरे एनआरएनए जापानको कान्तो क्षेत्रको सचिव हुँदै जापान सचिव र महासचिव भएर सफल कार्यकाल पूरा गरिसकेका छन् । आफ्नो अनुभवलाई सदुपयोग गर्नुका साथै आइसीसीको सचिवमा दाबेदार गर्दै प्रवासी नेपालीहरुसँगको सम्वन्ध र सहकार्यलाई थप मजबुद गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सन् २०११-०१३ मा कान्तो क्षेत्रको सचिवमा निर्विरोध चयन भएका घिमिरे सन् २०१५-०१७ मा एनआरएनए जापानका सचिव थिए । यद्यपी सो समयमा महासचिवको अनुपस्थितिमा कार्यभार सम्हालेका घिमिरे २०१७-०१९ मा एनआरएनए जापानको महासचिव बनेका थिए । जापानमा एक दशकदेखि रेष्टुरेण्ट र रेमिट्यान्सको व्यवसाय गर्दै आएका घिमिरेले एक दर्जन भन्दा बढी संघ संस्थामा रहेर सफल जिम्मेवारी पूरा गर्दै आएका छन् ।

आशन्न एनआरएनए आइसीसीको ग्लोबल सम्मेलन अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुदैंछ । सन् २०१९-०२१ को अभियानलाई निरन्तरता दिने घोषणा गरेका घिमिरेले क्षेत्रीय समिति र एनसिसिमा आफुले गरेको कामको अनुभव, जिम्मेवारी र अग्रजलाई सम्मान गर्दै सचिवमा उम्मेदवारी दिन लागेको बताए ।

एनसीसी जापानको सन्दर्भमा सुदन थापाको नेतृत्व कालमा सचिव र टासि वाङदी लामाको नेतृत्व रहँदा महासचिवको भुमिकामा रहेका घिमिरेले निम्न योजनासहित आईसीसी सचिवको उमेद्वारी दिएका हुन् ।:

१. आईसीसी र एनसीसीबीचको सम्बन्ध, समन्वय र सहकार्यमा विशेष भूमिका निर्वाह गर्ने ।
२. आयमूलक तथा सेवामुलक कार्य विस्तारको लागि पहल गर्ने ।
३. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप नेपालको पर्यटन प्रर्वद्धनको लागि नेपाल सरकार पर्यटन मन्त्रालय र पर्यटनसँगको समन्वयमा एनआरएनए एनसीसी कार्यालयबाटै पर्यटन र प्रर्वद्धनको सूचना उपलब्ध तथा विषय विज्ञ श्रोत व्यक्ति तय गरिने।
४. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयनको लागि एनआरएन मार्फत पहलकदमी गर्ने ।
५. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप विदेशमा अलपत्र, वेवारिसे तथा मृत्यु भएका व्यक्तिको उद्धार गरि नेपाल लैजान सरकारी संलग्नता सुनिश्चित गर्न विदेश जाने समयमै निश्चित शुल्क लिएर नेपाल सरकारले जिम्मेवारी लिन दूतावास तथा एनआरएनए मार्फत पहल गर्ने
६. एनसीसी जापानले विद्यार्थीहरुको लागि लागु गरेको छात्रवृति अभियान सम्भव भए सम्म सबै एनसीसीलाई गर्नको लागि सहयोग गरिने।
७. विषय विशेषज्ञहरुको विज्ञताबारे संकलन गरिएको तथ्यांकलाई विज्ञता अनुसार विश्वमा रहेका नेपालीको हितसहित समृद्ध नेपाल निर्माणमा सहयोगी बन्ने कार्यक्रम तय गर्ने।
८. आगामी कार्यकालबाट विधानको नेपाल सरकारको मापदण्ड अनुसारका गैरआवसीय नेपालीलाई निःशुल्क सदस्य हुने अभियान चलाउने।
९. पर्यटन वर्ष २०२० का लागि जापानमा हुने ओलम्पिकमा विशेष महत्व दिदै सरोकारवालासँग समन्वय र सहकार्य गरि ऐतिहासिक कार्यकाल बनाउने ।