विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस् -रवीन्द्र मिश्र

विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस् -रवीन्द्र मिश्र


काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । 

काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे । 

काठमाडौंको बबरमहलसहितका क्षेत्रमा घरदैलो कार्यक्रम सकेर दक्षिणकाली पुगेका मिश्रले विकृत राजनीतिको चट्टान तोडेर देशको दीर्घकालीन हितका लागि हलोमा मतदान गर्न आग्रह गरेका हुन् । 

हलोमा मतदान गर्दा कांग्रेस, एमालेसहितका पार्टीका विकृत नेतृत्व प्रतिस्थापन भएर देशले नयाँ नेतृत्व पाउने उनको भनाइ छ । ‘यो पटक हलोमा भोट हाल्दा कांग्रेस/एमालेमा पनि विकृत नेतृत्व प्रतिस्थापन भएर नयाँ नेतृत्व विकासमा सहयोग पुग्छ र त्यसलबाट देशको समग्र राजनीतिक सुधारमा सहयोग पुग्छ,’ मिश्रले भनेका छन् । 

काठमाडौं–१ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनको चुनावी प्रचारमा अभिनेत्री मनिषा कोइरालाले पनि साथ दिइरहेकी छन् । काठमाडौं–१ बाट कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । 

Skip This
Logo