काठमाडौँ आउंदै गरेको ७ वटा हेलिकोप्टर बीच बाटोमै आकस्मिक अवतरण गरिएको छ ।
लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।
मौसम खराबीका कारण भिजिविलिटी कम भएपछि ति हेलीकप्टरहरु धान खेतमै अवतरण गरिएका हुन् । सिम्रिकका दुई वटा, मनाङ, कैलाश, अल्टिच्यूड र एयर डाइनेष्टीको एउटा हेलिकप्टर रहेका छन्। सिम्रिक, मनाङ र कैलाशको हेलिकप्टर पाँचखालमा अवतरण गरेको हो भने अल्टिच्यूड र एयर डाइनेष्टीको सुर्केमा अवतरण गरिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवतरण भएका सातवटै हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् । हेलिकोप्टरमा सवार यात्रुहरुमा अधिकांश विदेशी रहेको प्रहरीले जनाएको छ ।
मौसममा सुधार आउनेवित्तिकै काठमाडौं उड्ने तयारी भइरहेको छ ।
फोटोः सरोज श्री/राजन कार्की