भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन निर्यात गरेर आर्थिक विकास गर्छु : दुर्गा विक्रम थापा

भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन निर्यात गरेर आर्थिक विकास गर्छु : दुर्गा विक्रम थापा


काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताएका छन् । 

घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर आर्थिक विकासमा पहल गर्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसार तीव्र पारेका उनले आफ्नो पार्टीको पहिलो लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको बताए । 

विकास निर्माण कार्यहरुमा ढिलासुस्तिका कारण राष्ट्रका बजेट खेर गइरहेको भन्दै थापाले यसको नियन्त्रण आवश्यक रहेको बताए ।आगामी ४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ ले सरप्राइज नतिजा दिने बताएका उनले करिब २१ हजार मत ल्याएर आफू निर्वाचित हुने दाबी गरे । काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता रहेकामध्ये ४४ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुने र आफूले २१ हजार मत ल्याएर निर्वाचित हुने उनको दाबी छ । 

जनताको समस्या समाधानका लागि संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताएका उनले एकपटक आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापाले स्वदेशमै रोजगारीको सृजना गरेर युवा विदेश पहलायनलाई रोक्न पनि आफूले भूमिका खेल्ने बताए ।

Logo