प्रचण्डलाई हराएका केसीलाई राप्रपाका उम्मेदवारकाे चुनौती

प्रचण्डलाई हराएका केसीलाई राप्रपाका उम्मेदवारकाे चुनौती


सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी (राजन केसी)लाई उम्मेदवार बनाएको छ । केसीले २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए । 

अहिले उनै प्रचण्डसहितको उनको पार्टी माओवादी केन्द्रको समर्थनमा चुनावी मैदानमा छन्, केसी । तर, उनलाई चुनौती दिनेगरी कांग्रेस परित्याग गरी राप्रपा गएका बलराम थापाले उम्मेदवारी दिएका छन् । 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका केसी यसपटक राप्रपाका थापा,  एमालेका हिमेश केसीसहितको उम्मेदवारसँग प्रतिस्पर्धामा छन् । 

दक्षिणकालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बलराम थापाले एमसीसी पास गर्न भूमिका खेलेकाले कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवार बनेको बताए । 

यसअघि निर्वाचनमा जिताउन भोट माग्दै हिँडेका थापाले यसपटक उनै केसीविरुद्ध चुनावी प्रतिस्पर्धामा छन् । चुनावी सभामा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र, जिल्ला अध्यक्ष नवराज सिंखडालगायत राप्रपाका नेता सहभागी थिए ।  

Skip This
Logo