कालीमाटी, कुलेश्वर र बल्खुका ४० तरकारी व्यापारीहरुमा कोरोना संक्रमण

कालीमाटी, कुलेश्वर र बल्खुका ४० तरकारी व्यापारीहरुमा कोरोना संक्रमण


काठमाडौं ।

राजधानीको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ ।
उनीहरुमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रमा ‘सिल’ गरेको छ ।

लकडाउन हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट आउनेहरु बढेका कारण कोरोना सङ्क्रमण बढेको हुन सक्ने बताइएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । यससँगै विभिन्न क्षेत्रहरु सिल गरिएका छन् । हालसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमितहरुको संख्या १५ सय नाघेको छ ।

Logo