प्रेममा दुःखद अन्त बेहोर्ने एक पौराणिक जोडी !

भनिन्छ, प्रेममा बिछोड नौलो कुरा होइन, यो मानवमा ज्ञानको प्रवेश भएपछि र प्रेममा पर्न थालेदेखि नै सुरु भएको कुरा हो । यस्ता अनेकौं प्रेमको साक्षी इतिहास छ । तिनैमध्ये एक प्रेमको उदाहरणका रूपमा पुराणहरूमा वर्णित पुरुरवा र उर्वशीको प्रेम पनि पर्छ । अलौकिक सौन्दर्यकी धनी अप्सरा उर्वशी तथा एक पूर्ण मानव पुरुरवाबीचको प्रेम कहानीले पुराणहरूका पानामा तरंग पैदा गराएका छन् ।

कस्तो छ त पुरुरवा र उर्वशीको प्रेम ?

बुध र इलाका पुत्र पुरुरवा अथाह शक्ति एवं शौर्यले सम्पन्न थिए । उनी आवश्यक पर्दा स्वर्गमा गएर देवतालाई पनि सहायता गर्थे । दैत्यलाई स्वर्गबाट भगाउँथे ।

एकपटकको कुरा हो, पुरुरवाको सहयोगले युद्ध जितेपछि देवराज इन्द्रले पुरुरवाको सम्मानमा एक नृत्य कार्यक्रमको आयोजना गरे । नाचमा प्रमुख नायिका थिइन् स्वर्गमै सुन्दरीको रूपमा ख्याति प्राप्त उवर्शी । स्वर्गमा उर्वशीकाे मूल्याङ्कन अति सुन्दरीमा हुन्थ्यो । उर्वशीको सौन्दर्यको प्रशंसामा सारा देवलोक खनिन्थ्यो ।

नाचको क्रममा संयोगले उर्वशी र पुरुरवाको आँखा जुध्यो । सुन्दर अनि सुगठित शरीर, आकर्षक वक्षस्थल, मनोहर कम्मर, सुपुष्ट नितम्ब अनि कठोर स्तन । नृत्यको तालसँगै नाचिरहेका अप्सराको अंगप्रत्यंगमा मोहक जादू थियो । उनको हेराइमा मै हुँ भन्ने संयमीहरू पनि मूर्च्छा पर्थे । सामान्य मानिसको के कुरा !

पुरुरवा पनि वीर पुरुष थिए । जवानीप्रदत्त सुन्दरता कुनै देवताभन्दा कम थिएन । चोलाले मानव भए पनि देवपुरुषका यावत् गुण उनमा विद्यमान थिए । आखिर चन्द्रमाका नाति अनि बुधका छोरा न परे । कोहीभन्दा कम किन हुन्थे ।

आँखा जुधेपछि दुवैमा प्रेमको अंकुर फुट्यो । दुवै आलिङ्गनको प्यासले पीडित भए । नाचको समाप्तिपछि पुरुरवाले संकोचका कारणले त्यो प्यासलाई व्यक्त गर्न सकेनन् भने उर्वशीले स्त्रीसुलभ लज्जाका कारण मुख खोल्न सकिनन् । मनको कुरा मनमै रहेपछि तड्पिरहेको मन बोकेर पुरुरवा मर्त्यलाेक फर्किए भने उर्वशी स्वर्गमै रहिन् ।

अन्ततः पुरुरवाको आकर्षणले उर्वशीलाई मर्त्यलाेक तान्यो । जब आफ्ना अगाडि उर्वशीलाई पुरुरवाले देखे । दुवैको नमरेको प्यास जागृत भयो । एकअर्कामा मन्त्रमुग्ध भए । पुरुरवाले उर्वशीसमक्ष विवाहको प्रस्ताव राखे । उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् तर विवाह गर्नैचाहिँ सक्दिनथिन् उनी । तसर्थ पुरुरवाका अगाडि दुई शर्त राखिन् ।

उर्वशीले स्वर्गबाट आउँदा भेडाका पाठाहरू सँगै ल्याएकी थिइन् । पहिलो शर्तस्वरूप पाठाको रक्षाको जिम्मेवारी लिनुपर्ने बताइन् र भनिन्– ‘जुन दिन यसको रक्षा गर्न सक्नुहुन्न त्यो दिन म छोडेर जान्छु ।’ पुरुरवाजस्तो शक्तिशालीलाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन । तुरुन्तै सहमति जनाइहाले ।

उर्वशीले दोस्रो शर्त तेस्र्याइन्– ‘तपाईलाई सहवासको अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस् । जुन दिन मैले तपार्ईलाई सम्भोगका समयबाहेक नांगो देख्छु त्यो दिन हाम्रो सम्बन्ध टुंगिनेछ । यो शर्तमा पनि पुरुरवाले मञ्जुरी जनाए ।

विवाह भयो । दुवै एकअर्कामा हराएर यौवनको रसपान गर्नमा मग्न रहन थाले ।

उता स्वर्गमा इन्द्रलाई उर्वशीविनाको नृत्य फिक्का लाग्न थाल्यो । उनी उर्वशीलाई स्वर्गमा कसरी ल्याउने भनेर मात्र सोच्न थाले । उर्वशीको सम्झौताका विषयमा इन्द्र पनि जानकार थिए, तसर्थ उनले उर्वशीले राखेका शर्तबाट फाइदा उठाउने सोच बनाए ।

एकदिन मध्यरातको समय थियो । पुरुरवा र उर्वशी यौनक्रीडामा लिप्त थिए । चुम्बकमा फलाम टाँसिएजसरी उनीहरूको शरीर एकापसमा टाँसिइरहेको थियो । ओठमा ओठ, स्तनमा छाती, योनीमा लिंग अनि तिघ्रामा तिघ्रा जोडिएको थियो । कामुकताको वेगमा दुई जवान शरीर प्रेमको सुगन्ध फैलाउँदै थियो । शरीरका अंगप्रत्यंगबाट जुहुने रसहरूले मूल फटाउने तयारी गर्दै थिए । अलौकिक आनन्दको रसास्वादन गर्ने क्रममा तनमनले लौकिक बोधलाई तिलाञ्जली दिँदै थियो ।

अचानक भेडाका पाठाको आवाजले याैनक्रीडामा अवरोध गर्यो । मरुभूमिमा प्यासले तड्पिएको बेला थोरै पानी पिउँदा अझ प्यासले व्याकुल भए झैं त्यो आवाजले कामप्यास झन् बढ्यो । बाहुले एक अर्कालाई अझ कस्दै उर्वशीले पाठाको संरक्षण गर्न आग्रह गरिन् । बिनको धुनमा सर्प लट्ठिए झैं भएका बेला छुट्टिन गारो भइरहेको थियो । पुरुरवा छुट्टिन नमानेपछि उर्वशीले धकेलिन् र पुरुरवालाई आफूबाट अलग गराइन् । मन नमान्दानमान्दै अलग भएका पुरुरवा झटपट पाठा बचाउन नांगै दौडिए ।

तत्क्षण आकाशमा बिजुली चम्कियो । पुरुरवाको नग्न शरीर उर्वशीले देखिन् ।

उनको प्रतिज्ञा समाप्त भयो । उनी अन्तरध्यान भइन् र स्वर्ग गइन् ।

उर्वशीको वियोगमा पुरुरवा विक्षिप्त बने । जहाँ पनि उर्वशीको खोजीमा रहन थाले । पागलजस्तै भएर हिँड्न लागे । उता स्वर्गसुधामा भुलेकी उर्वशी गर्भवती थिइन् । उनलाई आफ्नो प्रियतमको माया लाग्यो र भेट्नको लागि पृथ्वीमा आइन् । पुरुरवाले प्रिया, अब छोडेर नजाऊ भनेर उर्वशीसँग अनुनयविनय गरे । उर्वशीले गर्भको सन्तान दिनका लागि मात्र आफू धर्तीमा आउने वाचा गरिन् । अन्यथा आफू मर्त्यलोकमा बस्न नसक्ने बताइन् । एक दर्शनका लागि पनि पुरुरवा एक वर्षसम्म उर्वशीलाई कुरिरहे ।

प्रस्तुति : नारायण उपाध्याय