कृषि स्नातकतर्फको प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुला

कृषि स्नातकतर्फको प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुला


कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनले शैक्षिक शत्र २०७९/०८०का लागि कृषि स्नातकतर्फको प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुल्ला गरेको छ ।

पछिल्लो समय कृषि संकाय तर्फ अध्ययन गर्ने रुचाउने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस संकाय तर्फ अध्ययन हुने सम्पूर्ण क्याम्पसहरुका लागि भर्ना आवेदन खुल्ला गरिएको हो ।

आवश्यक न्युनतम शैक्षिक योग्यताः एसएलसी/एसइइ वा सो सरहको परीक्षामा कम्तीमा द्वितीय श्रेणी वा “सी ग्रेड”मा उत्तिर्ण भई आई.एस्सी (विज्ञान) वा १०+२ (विज्ञान) वा १०+२ (कृषि विज्ञान, वन विज्ञान वा पशु विज्ञान) विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तीमा ४५% अङ्क वा प्रत्येक विषयमा “सी ग्रेड”का साथै कूल प्राप्ताङ्क “सी जीपिए” मा २.२ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ । सैद्धान्तिक र व्यवहारिक दुबै भएको विषयको हकमा सैद्धान्तिक र व्यवहारिकमा अलग-अलग “सी ग्रेड” हुनुपर्ने छ ।

प्रवेशः परीक्षा शुल्क ४ हजार रूपैयाँ मात्र तोकिएको छ । सो रकम सिद्धार्थ ब्यान्क लिमिटेढ,नारायणगढमा शाखामा रहेको AFU Entrance Examination नाममा Call Deposit No. 00815263460 मा रकम जम्मा गर्न सकिनेछ ।

आवेदन फारम भर्ने अवधी २०७९/कार्तिक २९ देखि मंसिर २५ को राती १२ बजेसम्म यस विश्वविद्यालयको वेबसाइट www.afu.edu.np  बाट  अनलाइन आवेदन फारम भर्न सकिने छ ।  अनलाइन आवेदन प्रक्रियामा कुनै कठिनाई भएमा  [email protected] मा सम्पर्क गरी प्राविधिक सहयोग लिन सकिनेछ । प्रवेश पत्र लिनका लागि २०७९ मंसिर २७ गते बिहान ९ः०० बजेबाट अनलाइन विधिद्वारा  www.afu.edu.np बाट डाउनलोड गरी प्रिन्ट गर्नुपर्नेछ ।

परीक्षा २०७९ मंसिर २८ गते बिहान ११ः०० बजे कृषि संकाय, रामपुर, चितवन र डीनको कार्यालयले निर्धारण गरेको परीक्षा केन्द्रहरुमा हुनेछ  ।

Logo