#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व553020134719228643042318705
नेपाल6824566112

कांग्रेसले कारवाही प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने

file Photo

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता नजनाए संसद चल्न नदिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले आफूले दिएको जाहेरीअनुसार कारबाही गर्ने प्रतिवद्धता सरकारबाट नआएसम्म संसद बैठक चल्न नदिने निर्णय गरेको हो । संसद बैठक केहीबेरमा बस्दैछ ।

सोमबार नै संसद सञ्चालन गर्न कांग्रेस सहमत भएको थियो । तर सत्तारुढ नेकपाका सांसदले आरोपित वडाध्यक्ष निर्दोष भएको भन्दै उनीमाथि कारवाही गरे आफुहरूले समेत आन्दोलनमा उत्रिने चेतावनी दिएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी लिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार