निर्णायक खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै

निर्णायक खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै


युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।  सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृंखलामा १ -१ को बराबरी गरेको थियो ।

नेपाल  आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।
 

Skip This
Logo