हुन्डाईका विद्युतीय गाडी खरिदमा ग्लोबल आइएमई बैंकको सहुलियत कर्जा

हुन्डाईका विद्युतीय गाडी खरिदमा ग्लोबल आइएमई बैंकको सहुलियत कर्जा


ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार बैंकमा आयोजित एक कार्यक्रममा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले सहुलियत कर्जा दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।

आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए ३ दिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ । यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Logo