नेपाललाई सिरिज जित्नका लागि युएईको मध्यम लक्ष्य

नेपाललाई सिरिज जित्नका लागि युएईको मध्यम लक्ष्य


नेपाललाई तेस्रो ओडिआई खेलमा जितका लागि युएईले मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको हो । तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ ।

खराव सुरुवात गरेको युएईका लागि आठौं नंबरमा आएका आयान अज्फल खानले अर्धशतक पारी खेले । उनी ५४ रनमा अविजित रहे । उनलाई हजरत बिलालले क्रिजमा साथ दिए । हजरत पनि २० रनमा अविजित रहे । ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

त्यसअघि अलिशान सारफूले ३३ रन, रोहन मुस्ताफाले २४ रन तथा मोहम्मद वासिमले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

बलिङतर्फ नेपालका गुलशन झा, दीपेन्द्रसिंह ऐरी र  कुशल भुर्तेलले समान २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो । 

Skip This
Logo