कालिकोटमा पहिरोले घर पुरियो, ६ जनाको मृत्यु

कालिकोटमा पहिरोले घर पुरियो, ६ जनाको मृत्यु


कालिकोट।
कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको महाबै गाउँपालिका ३ मा रजबहादुर विष्‍टको घर पहिरोले पुरिएको हो ।

गए राति आएको पहिरोले विष्‍टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । पहिरोमा विष्टका छिमेकी दुईजनाको पनि घटनास्थलमै मृत्यु भएको छ । विष्टका छिमेकीका दुई छोरी पनि उनकै घरमा सुतेका थिए ।

मध्य राति पहिरो गएको प्रहरीले जनाएको छ । बिकट ठाउँ भएकाले पहिरोबाट के कति क्षति भयो भन्ने खुल्न बाँकी छ । उद्धारका लागि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।

Logo