मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त

मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त


नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । 

जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर 'ख' केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ ।

उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए । 

Logo