प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना


देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।

Logo