विदेशका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्न- आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने बताएका छन् ।उनले त्यसका लागि ठूलो तयारी र गृहकार्य आवश्यक रहेकोले आसन्न उप–निर्वाचनका लागि मतदान सम्भव नभएको बताएका हुन् ।

संसदको राज्य व्यवस्था समितिको बिहीबार बिहान बसेको बैठकमा थपलियाले प्राविधिक हिसाबले पनि ठूलो तयारी गर्नुपर्ने भएकोले आसन्न निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई सहभागी गराउन नसकिने बताएका हुन् ।