विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनः नेता सिंह

विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनः नेता सिंह


नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले गठबन्धनले निर्वाचन जिते केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के छ भन्नेकुराको उदाहरण प्रस्तुत गर्ने बताएका छन् । 

आईतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले दुई पटक संविधान लेखन, एक पटक संविधान रक्षा गर्न समय लागेको भन्दै अबको समय संविधानलाई कार्यान्वयन गर्नका लागि भएको बताए ।

उनले भने- ‘दुई पटक संविधान लेखन, एक पटक संविधान रक्षा गर्न लाग्यो र अब यो पटक जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि हो । हामी केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयता फरक के छ भन्नेकुरा देखाउन चाहन्छौँ ।  हामी कानून बनाएर तीन तहकै सरकारले आफ्नो काम गरेपछि कस्तो फरक पर्छ भन्नेकुरा देखाउन चाहन्छौँ । हामी राजनीतिक स्थिरता र स्थायित्व चाहन्छौँ । नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा हामी छौँ ।’
 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आज एकैचरणमा देशभर जारी छ ।   

Logo