चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । 

अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताए । 

निर्वाचनरुपी वाम प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको अध्यक्ष थापाले बताए ।  

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ । 

Logo