मनाङमा ५१ प्रतिशत मत खस्यो

मनाङमा ५१ प्रतिशत मत खस्यो


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो । 

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

Logo