छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् -गगन थापा

छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् -गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् । मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । 

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । 

आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ । तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछ। ’ 

आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्नेछ । सोही समयलाई मध्यनजर गर्दै उनले मतदान गर्न छुटेको भए बाँकी समयमै गएर मतदान गर्न आग्रह गरेका हुन् । ‘यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन् । 

Logo