नवलपरासीमा पनि मतपेटिकामा आगजनी, एक पक्राउ

नवलपरासीमा पनि मतपेटिकामा आगजनी, एक पक्राउ


नवलपुरको देवचुली- ४ झाक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको छ । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको हो । एक मतदाताले मतपेटिकामा एसिड हालेर आगो लागेको बताइएको छ । तर, हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मतपेटिकामा बडीलोशन दलेर खसाएको बताएका छन् । 

यसअघि बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा पनि आगजनी भएको थियाे । आगो देखिएपछि मतपेटिकामा पानी खन्याइएको थियो ।

Logo