अवैध रुपमा भारत बस्ने आप्रवासीलाई निकाल्ने घोषणा

नयाँदिल्ली,

भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले अवैध रुपमा बस्दै आएका आप्रवासीलाई देशनिकाला गर्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा उनले भारतमा अवैध रुपमा बस्ने विदेशीलाई देशबाट निकाल्ने बताएका हुन् । इंग्ल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायत मुलुकको कानुनको प्रसंग कोट्याउँदै भारतमा पनि त्यस्तो सम्भव नहुने बताए ।

साथै सबै नागरिकको नाम दर्ता हुनुपर्ने पनि उनले बताएका छन् । भारतमा ‘नेश्नल रजिस्टर फर सिटिजन (एनआरसी) को लागु गर्ने सवाल चलिरहँदा शाहले यस्तो बताएका हुन् । आसाममा हालै यस्तो व्यवस्था लागु गर्ने सन्दर्भमा नागरिकहरु छुटेको भन्दै विवाद भएको थियो ।

शाहले पनि एनआरसी लागू गर्नेबारे जोड दिएका हुन् । बंगलादेश, पाकिस्तान लगायत मुलुकबाट भारत आइ अवैध रुपमा बसोबास गर्नेहरुलाई लक्षित गरी यहाँ आप्रवासीमाथि कडाइ गर्न थालेको टिप्पणी हुन थालेको छ ।

शाहको यस्तो घोषणाले भारतमा बस्दै आएका नेपालसहित छिमेकी मुलुकका नागरिकलाई अप्ठ्यारो पर्ने आशंका गरिएको छ । खासगरी लामो समयदेखि भारतमा बस्दै आएका तथा व्यवसाय गर्दै आएका छिमेकी मुलुकका नागरिकलाई यस्तो नियमले कडाइ गर्नसक्ने टिप्पणी हुने गरेको छ ।
एजेन्सी