चितवनमा २,५१५ जनामा डेंगु, ५५ जनालाई स्क्रब टाइफस

चितवन,
चितवनमा डेंगुको समस्या बढ्दै गएको छ । हरेक दिन विरामी बढ्दै गएका छन् । डेङ्गुको महामारी देखिएको चितवनमा स्क्रव टाइफसका बिरामी पनि उत्तिकै देखिएका छन् । बेलैमा नियन्त्रणतर्फ चासो नदिए यसले पनि डेङ्गुझैँ महामारीको रुप लिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले सचेत हुन आग्रह गरेका छन् ।

चितवनमा ८ हजार २२१ जना विरामीको परिक्षण गर्दा २ हजार ५१५ जनामा डेगुको संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा मात्र १ हजार ७ सय ५७ जनालाई डेगुंको संक्रमण भएको छ । चितवनमा साउनदेखि हालसम्म ५५ जना संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कतिपय निजी अस्पतालले स्क्रवटाइफस बिरामीको तथ्याङ्क अपडेट नगर्दा अझै संख्या यकिन गर्न नसकिएको कार्यालयको भनाइ छ ।

स्क्रव टाइफस रोगका कारण चितवनको अस्पतालमा उपचार गराएका रौतहट र नवलपरासीका एक–एक जनाको केही दिन अघि मृत्यु भएको छ । केही दिनको उपचारपछि यो रोग निको हुने डाक्टरहरु बताउँछन् । ढिला गरी रोग पत्ता लागी उपचार भएमा निको हुन गाह्रो हुने डाक्टरहरु बताउँछन् ।
राजधानीबाट