अस्पताल परिसरको बिरुवा खाइदिएपछि दुई वटा बाख्रा प्रहरी हिरासतमा !

भारत,

सुन्दा पत्याउन नसकिने जस्तो लाग्छ तर यो सत्य घटना हो । भारतको तेलंगना राज्यमा दुई बाख्रालाई प्रहरीले हिरासतमा लिएको छ । बाख्राहरुले अस्पताल परिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको आरोप थियो ।

रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए । उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो । प्रहरीले बाख्रा मालिकसँग १६०० जरिवाना तिराएर बाख्रालाई छोडेको थियो । बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ ।

सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिएपछि उक्त संस्थाका कार्यकर्ताहरुले यस्तो जुक्ती लगाएका हुन् । भारतमा जनावरलाई प्रहरीले हिरासतमा लिन पाउन्न तर मान्छेलाई अप्ठ्यारो परेमा प्रहरीले जनावर मालिकलाई सम्झाउन सक्छ । बाख्रा मालिकलाई सम्झाउने उद्देश्यले जरिवाना गरिएको प्रहरीको भनाई रहेको छ ।
एजेन्सी

अस्पताल परिसरको बिरुवा खाइदिएपछि दुई वटा बाख्रा प्रहरी हिरासतमा !