पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै

पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै


यसपटकको चुनावको पहिलो नतिजा मुस्ताङबाट आउने भएको छ ।

७ हजार २३० मत खसेको मुस्ताङमा प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन थाकालीले अग्रता कायमै राखेका छन् । योगेशले ३ हजार १५६ मतका साथ अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन २ हजार ५२१ मतले पछ्याइरहेका छन् । मतगणना जारी रहदा कांग्रेस समर्थकको भीडले विय जुलुसको तयारी गरिरहेको छ ।

Logo