यु–१८ साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सकाे बराबरी

१८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल र माल्दिभ्सले बराबरी खेलेका छन् ।

डिफेन्डिङ च्याम्पियन तथा आयोजक नेपाल आज शुक्रबार काठमाडौं हल्चाेकमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो । १३ औं मिनेटमा गोल खाएर पछि परे पनि नेपाल ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो ।

माल्दिभ्सका लागि हसन नाजिमले गोल गरे भने नेपालका मनिष डाँगीले गोल फर्काए । १८ वर्षमुनिको साफ च्याम्पियनसिप लगातार दुई पटक जितेको नेपालको लक्ष्य यस वर्ष पनि उपाधि जित्ने रहेको छ ।