कैलाली १ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली १ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता


प्रतिनिधिसभा अन्तर्गत कैलाली क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।

कैलाली १ मा १५०२ मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले ६९१, नेपाली कांग्रेसका रामजनम चौधरीले ४११, नेकपा एमालेका तपेन्द्र रावलले १८३ मत पाएका छन्।

यस्तै, क्षेत्र नम्बर ३ मा १८१० मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरीले ६००, नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले ४५०, राप्रपाका वीरेन्द्र बहादुर बमले ४०० र नेकपा एमालेका गौरिशंकर चौधरीले २५० पाएका छन्।

Logo