पत्रकार ओझाको ‘संसारै बैमानी’ गीत सार्वजनिक

पत्रकार अनुप ओझाले शुक्रबार अनामनगरस्थित मण्डला नाटक घरमा आफ्नो दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक गरेका छन ।

यो गीतको लेखक र कम्पोजर पनि ओझा आफै हुन् । गीतमा ओझालाई भानुभक्त ढकाल र झुमा लिम्बुले साथ दिएका छन । म्युजिक भिडियाको निर्देशक सफल केसी र प्रतिक गुरुङ्ग हुन । उक्त म्युजिक भिडियोमा विजय वराल, प्रकाश गन्धर्व, भावना थापा, सुरोज चौलागाई र अनुप ओझाको प्रस्तुति देख्न पाईन्छ ।

‘संसार बैमानी’ गीत समसामयिक विषयको बारेमा छ। यो एउटा यस्तो तन्नेरी पात्रको कथा हो जो वैदेशिक रोजगारको लागि घर छाडेर जान्छ तर ऊ समाजको विभिन्न बैमानी पात्रहरुबाट ठगिन्छ । अहिलेको यस बैमानी संसारमा इमानी भएर बाच्नु धेरै कठिन छ भन्ने उक्त गीतको मुल भाव हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार ओझाले आफूले गीतको म्युजिक भिडियो बनाउन ‘टुटल राइडर’ बनेको समेत सुनाए।  बेलुका आफ्नो कार्यलयबाट घर फर्किदा टुटल प्रयोग गरी आम्दानी भएको रकमले म्युजिक भिडियो ल्याएको बताए।

ओझाको पहिलो गीत ‘वारीको डाँडामा म’ ले निकै चर्चा कमाएको थियोे ।